नयाँ प्रशिक्षक म्याटसँग प्रशिक्षण गर्न उत्साहित छौँ : कप्तान लिम्बू
baahrakhari.com · Wed Mar 05 17:36:49 GMT 2025
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् ।
नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियन कप छनोटको तयारी सुरु गरेका थिए । सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन् ।
Read full story at source (baahrakhari.com)