बागमती नगरपालिकाद्वारा उद्यमशीलता प्रवर्द्धन तालिमका लागि आवेदन आह्वान
ictsamachar.com

सर्लाही । बागमती नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार तथा अर्धबेरोजगार नागरिकलाई स्वरोजगार तथा उद्यम विकासतर्फ प्रोत्साहित गर्ने उद्देश्यले “उद्यमशीलता प्रवर्द्धन तालिम” सञ्चालन गर्ने भएको छ । यस सम्बन्धमा नगरपालिकाले सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको हो ।
नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बागमती नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ । नगरपालिकाका १२ वटै वडाबाट १९/१९ जना गरी कुल २२८ जना सहभागी छनोट गरिने सूचनामा उल्लेख छ ।
Read full story at source (ictsamachar.com)