जन्मदिनमा मनिष मिश्रको सामाजिक पहल : ‘शहीद सन्तति वृत्ति कोष’मा रकम बढेर १ लाख १ हजार पुग्यो
newsofnepal.com · Thu Jun 11 06:43:06 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्र ले शहीद परिवारका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गर्न लागिएको ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’मा थप ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले कोषमा थप रकम जम्मा गर्ने घोषणा गरेसँगै कोषको रकम १ लाख १ हजार रुपैयाँ पुगेको छ। मिश्रले गत वर्षको जन्मदिनमा प्रारम्भिक रूपमा ५१ हजार रुपैयाँबाट कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
Read full story at source (newsofnepal.com)