मदुरोद्वारा मुद्दा खारेज गर्न माग
gorkhapatraonline.com · Thu Sep 03 05:58:42 GMT 2026

भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागूऔषध तस्करी सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नुभएको छ ।
म्यानहट्टनस्थित सङ्घीय अदालतमा बुधबार दायर निवेदनमा मदुरोका वकिलले आरोप लगाइएको समयमा आफ्नै देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेताविरुद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन् । उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कारबाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको जिकिर गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)