श्रम संस्कृति पार्टीको बाढीपीडित राहत कोषमा ६ लाख ४९ हजार संकलन
ratopati.com · Thu Sep 03 06:00:33 GMT 2026

विराटनगर । श्रम संस्कृति पार्टीकाे बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ।
पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
Read full story at source (ratopati.com)