इतिहास स्मरण गराउँदै बारले भन्यो– सुशीला कार्कीको महाभियोग सर्वोच्चले नै खारेज गरिदिएको थियो
baahrakhari.com · Mon May 18 11:56:58 GMT 2026

काठमाडौं । नेपाल बार एसोसियसनले सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग पनि सर्वोच्च अदालतले नै खारेज गरिदिएको बताएको छ । प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट र निवेदन दर्ता नभएको विषयमा सरोकार राख्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेट्न पुगेको बारले सो भनाइ राखेको हो ।
सर्वोच्चका उच्चपदस्थ कर्मचारी नै कार्यालयमा अनुपस्थित भएको सन्दर्भमा नेपाल बार एसोसियसनले सर्वोच्चको विगत इतिहास स्मरण गराएको हो । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका रिट र यसअघि प्रशासनले गरेको दरपिठविरुद्धका निवेदन दर्ता गर्न १ बजेभित्रको समयसीमा दिइएको थियो । तर, कार्यान्वयन नभएपछि बार टोलीले यस विषयमा सर्वोच्चको कार्यकक्षमा कामु प्रधानन्यायाधीश मल्ललाई पुगेर भेटेको थियो ।
Read full story at source (baahrakhari.com)