माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे मतदान
abhiyandaily.com
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मतदान गरेका छन् । उनले आइतवार बिहान ७ः१५ बजे चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेलगत्तै उनी गोरखा गएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
Read full story at source (abhiyandaily.com)