सन नेपाल लाइफद्वारा ‘एजेन्सी करियर बबाल छ’ कार्यक्रम सञ्चालन
corporatenepal.com · Mon May 18 12:34:55 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई सहभागी गराउँदै ‘ADM 360° Growth Summit 1.0’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो ।
एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर्माणका अवसरबारे सहभागीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरबाट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
Read full story at source (corporatenepal.com)