खुट्टाको घाउ निको नबनाउने तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो, उचित छैन : हर्क साम्पाङ
baahrakhari.com · Thu Jun 11 08:19:59 GMT 2026

काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको जिकिर गरेका छन् । प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा बिहीबार (जेठ २८) भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले मुलुकको समस्यालाई खुट्टाको घाउसँग तुलना गरे । सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउनेभन्दा पनि नयाँ जुत्ता किन्ने खालको भएको भन्दै उनले कटाक्ष गरे । खुट्टाको घाउ निको बनाउनेभन्दा पनि नयाँ जुत्ता किन्नेतिर ध्यान दिएको भन्दै उनले आपत्ति जनाए ।
Read full story at source (baahrakhari.com)