भोटेकोशी बाढी : कुशको शव बनाएर स्याङ्जाका अर्याल दम्पतीको गरियो अन्तिम संस्कार
annapurnapost.com · Thu Sep 03 07:39:44 GMT 2026

स्याङ्जा :भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो।
आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा छन् भने अर्का काठमाडौंमा बस्दै आएका छन्। केही वर्षयता अर्याल दम्पती छोराबुहारीसँगै काठमाडौंमा बस्दै आएका थिए।
Read full story at source (annapurnapost.com)