‘ए’ डिभिजन लिगको उद्घाटन खेल ३० चैतमा हुने
farakdhar.com · Tue Mar 10 10:12:23 GMT 2026
ए डिभिजन लिगको उद्घाटन खेल ३० चैतमा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ ।
यसअघि आइतबार खेलाडी संघले विभिन्न मागहरू राखेर एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो । सहमति भएपछि आजै एन्फा मुख्यालयको ताला खोलिसकिएको छ । विसं २०७९ मा पछिल्लो संस्करणको ए डिभिजन लिग भएपछि नयाँ सिजन सुरु हुन सकेको छैन । ए डिभिजन लिग सुरु नभएको १००० दिनभन्दा बढी भइसकेको छ ।
Read full story at source (farakdhar.com)