चिनियाँ एजेन्ट बनेको आरोपमा पत्रकारलाई जेल सजाय
gorkhapatraonline.com · Thu Sep 03 07:53:04 GMT 2026

चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई सङ्घीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
एकाउन्न वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा अभियोग स्वीकार गर्नुभएको थियो । अदालतले उहाँलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको छ । उहाँका वकिल चाल्र्स बर्नह्यामका अनुसार पाउकेनले फैसलाविरुद्ध अपिल नगर्ने निर्णय गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)