एकपटक प्राप्त मतका आधारमा सरकारले धेरै दम्भ नदेखाओस् : सांसद पन्त
baahrakhari.com · Thu Jun 11 08:43:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने बताएकी छन् । एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई उनले चेतावनी दिएकी छन् । बिहीबार (जेठ २८) राष्ट्रियसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् ।
“निर्वाचनबाट प्राप्त मतबाट मात्र राजनीतिले छुकटकारा पाउँदैन । गाली गर्न सजिलो छ, भूमिका निर्वाह गर्न अत्यन्त गाह्रो छ,” उनले भनिन्, “निर्वाचनबाट राजनीतिक दलहरूले धेरै मत प्राप्त गरेको हाम्रो इतिहास पनि छ । एकचोटि पाएको मतले धेरै दम्भ देखाउनुपर्ने जरुरी पनि छैन । माइक भेटेपछि धेरै कुरा गरिहाल्नुपर्छ भन्ने पनि छैन । त्यसरी सरकार चलाउन गाह्रो पनि पर्छ ।”
Read full story at source (baahrakhari.com)