७० वर्षयताकै शक्तिशाली एल निनोले ल्याउँदैछ विश्वव्यापी विपद्को जोखिम
nepalviews.com · Thu Sep 03 07:56:09 GMT 2026

काठमाडौं । विश्व अहिले ‘अत्यधिक मौसमको जोखिमपूर्ण क्षेत्रमा’ प्रवेश गरिसकेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन् । एल निनोको प्रभाव विश्वभर देखिन थालेसँगै उनले यस्तो चेतावनी दिएका हुन् ।
संयुक्त राष्ट्रसंघको मौसमसम्बन्धी निकाय विश्व मौसम विज्ञान संगठन (WMO) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एल निनो ७० वर्षभन्दा बढी समययताकै शक्तिशाली बन्न सक्ने देखिएको छ । यसको प्रभाव कम्तीमा सन् २०२७ को फेब्रुअरीसम्म रहन सक्ने अनुमान गरिएको छ ।
Read full story at source (nepalviews.com)