बोमबहादुरले गाउँ फर्किएपछि भने- भाग्यले बाँचेर आएँ
ratopati.com · Thu Sep 03 08:05:03 GMT 2026

बुटवल । एक साताअघि रसुवामा बाढी आउँदा पाल्पाका बोमबहादुर सोम बालबाल बाँच्न सफल भए । भदौ १० गते बिहान रसुवामा बाढी उर्लियो । बाढीले मानिसहरूलाई बगाउन थाल्यो । सोम काम गर्ने आरभी डिपार्टमेन्ट स्टोरको भवन र त्यहाँ रहेका सामानसमेत बाढीले बगायो । सोम भने कसरी कसरी ज्यान जोगाउन भाग्दै डाँडामा पुग्न भ्याए ।
‘बाढी आयो, मान्छेहरू बग्न थाले । म पनि कसरी कसरी जोगिएर भाग्दै डाँडातिर पुग्न सकेँ,’ उनले सम्झिए, ‘त्यसपछि उद्धार गरेर राखिएको ठाउँमा बसेँ । मोबाइलमा सम्पर्क हुन सकेन ।’
Read full story at source (ratopati.com)