धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव
khabarhub.com · Thu Sep 03 08:03:46 GMT 2026

बाँके – धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धानखेतीका लागि आवश्यक परेका बेला मल नपाउँदा उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन् ।
खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भएको उल्लेख गर्दै मल नपाउँदा यस वर्ष धान उत्पादन घट्ने चिन्ताले सताएको बताउँछन् ।
Read full story at source (khabarhub.com)