माल्दिभ्सको समुद्रमा डुबेका चारजनाको मृत शरिर फेला
ratopati.com · Mon May 18 13:38:27 GMT 2026

काठमाडाैँ । माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनाबस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ।
पानीमा बेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो। माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेपत्तामध्ये थप चारजना गोताखोरको मृत शरीर ‘वाभु एटोल’ गुफाभित्र फेला परेको छ।” इटालीको विदेश मन्त्रालयले उक्त समाचारको पुष्टि गरेको छ।
Read full story at source (ratopati.com)