आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
ratopati.com · Thu Jun 11 09:02:35 GMT 2026

रौतहट । चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्थिक रूपमा पनि सबल बनाएको देखिन्छ ।
लौका, करेला, घिरौलालगायतका तरकारी अहिले उनको बारीमा लटरम्म छन् । दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री गर्ने गरेको तरकारी कृषक थरुनी बताउँछिन् । उनले आफ्ना ग्राहकलाई बारीबाटै तथा बाँकी रहेको तरकारी स्थानीय हाटबजारमा लगेर बिक्री गर्दै आएकी छिन् ।
Read full story at source (ratopati.com)