समन्वय अभावले विकास आयोजना प्रभावित : उपाध्यक्ष डा. गुणाकर भट्ट
aarthiknews.com

काठमाडौं । गुणाकर भट्ट ले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयको अभावका कारण विकास आयोजना कार्यान्वयनमा समस्या देखिएको बताएका छन्। उनले विकास योजनाको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायबीच नियमित संवाद तथा सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका, वित्तीय अन्तरसम्बन्ध तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी विषयमा आयोजित छलफलमा बोल्दै उपाध्यक्ष भट्टले स्थानीय तहबाट आवश्यक पहल नहुँदा धेरै विकास आयोजना अघि बढ्न नसकेको बताए।
Read full story at source (aarthiknews.com)