नागरिकता विधेयक फिर्ता : राष्ट्रपतिको १५ बुँदे सन्देशमा के छ ?
lokaantar.com · Sun Aug 14 17:28:49 GMT 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता गरिदिएकी छन् । उनले प्रेषित गरेको सन्देशमा विधेयक सुधारको ठाउँसमेत औंल्याएकी छिन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले नागरिकता कानुन बनाउन ऐतिहासिक पक्षहरुको समग्र अध्ययन आवश्यक भएको बताएकी छन् । जसमा विसं २००९ सालमा जारी भएको पहिलो नागरिकता ऐन, पुराना संविधान र तिनमा नागरिकता प्राप्तिको व्यवस्थाबारे भएका परिवर्तन तथा उतार चढाव उल्लेख गरिएको छ ।
साथै तत्कालीन राजा वीरेन्द्रले रोकेको नागरिकता ऐन, बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोग समेतको चर्चा समेत राष्ट्रपतिले आफ्नो सन्देशमा गरेकी छन् । भविष्यमा नागरिकता विवादबारे समस्या नहोस् भनेर अहिलेको संसदले पनि यथेष्ट ध्यान पुग्नुपर्ने राष्ट्रपतिको भनाइ छ । यस्तै नागरिकताका सिद्धान्तहरूमा स्पष्टता पनि उनले खोजेकी छन् । जसमा आमाको नामबाट नागरिकता सहज रुपमा पाउनुपर्ने सवाललाई पनि उठाएकी छन् ।
Read full story at source (lokaantar.com)