तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
khabarhub.com · Thu Aug 27 06:59:59 GMT 2026

एजेन्सी – चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।
बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ । निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ ।
Read full story at source (khabarhub.com)