दुई दशकपछि अभिनयमा फर्किए राकेश
ratopati.com · Fri Jun 26 09:06:14 GMT 2026

काठमाडौँ । कलाकार राकेश खड्का अभिनयमा फर्किएका छन् । फिल्म ‘सिन्दुरे जात्रा’ मार्फत उनी दुई दशकपछि अभिनयमा फर्किएका हुन् । फिल्ममा प्रधानन्च चरित्रको महत्वपुर्ण भुमिका रहेको उनले बताए ।
एक समय नेपाली फिल्म क्षेत्रमा नायक, खलनायक तथा चरित्र अभिनेताका रूपमा परिचय बनाउन सफल खड्का फिल्म ‘शहर’पछि अभिनयमा देखिएका थिएनन् । उनी विदेश पलायन भएर वा अभिनय अफर नभएर फिल्मबाट बाहिर रहेका भने होइन् । अभिनय अफर प्रसस्तै रहदा रहदा पनि घरायसी कारणले अभिनयबाट बाहिर रहन उनले बताए ।
Read full story at source (ratopati.com)