काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
ratopati.com · Fri Jun 26 09:03:06 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएको रेबिजविरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरिन् ।
अस्पतालमा रेबिजविरुद्धको खोपको मौज्दात न्यून हुँदै गएको र यसले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने समाचार सार्वजनिक भएपछि महानगरपालिकाले उक्त तदारुकता देखाएको हो । रेबिजको उपचारका लागि टेकु अस्पताल भरपर्दो र सुलभ गन्तव्य रहेकाले काठमाडौँ महानगरसहित छिमेकी पालिका र देशभरबाट आउने बिरामीहरू प्रत्यक्ष प्रभावित हुने जोखिमलाई मध्यनजर गर्दै महानगरले खोप सहयोग गरेको हो ।
Read full story at source (ratopati.com)