स्थानीय तहलाई दिइएको कारबाहीको अधिकार पुनरावलोकन गर्ने
onlinekhabar.com · Fri Sep 22 17:15:58 GMT 2023
५ असोज, काठमाडौं । शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिन प्रदर्शन गरेपछि सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता भएको छ ।
महासंघको आह्वानमा शिक्षकहरुले १७ बुँदे माग राख्दै बिहीबारदेखि काठमाडौंमा प्रदर्शन थालेका थिए । शिक्षकहरु आन्दोलनमा आएपछि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको थियो । शिक्षा मन्त्रालयसँग मात्र वार्तामा बस्न अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सम्वाद सुरु भएको थियो ।
Read full story at source (onlinekhabar.com)