मोबाइलमा पानी पस्दा के गर्ने ? थाहा पाइराख्नुस्, अप्ठ्यारोमा काम लाग्छ
techpana.com · Thu Jan 07 17:04:20 UTC 2021
काठमाडौं । मोबाइल भिजेको वा पानीमा खसेको अवस्थामा सबैभन्दा के गर्ने त ? सबैभन्दा पहिले यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् । यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ ।
यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिम कार्डलाई सजिलो गरी निकाल्नुहोस् । यदि फोनमा नन् रिमुभल ब्याट्री छ भने शर्ट हुने खतरा रहिरहन्छ । अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर (ब्लोअर) मार्फत सुकाउनु होस् । फोनमा देखिने पानीलाई कपडा वा पेपर न्याप्किनले पुछ्नुहोस् ।
Read full story at source (techpana.com)