११ जिल्लाका रेडक्रसलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण
ratopati.com · Thu Jun 11 12:15:24 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर उपलब्ध गराएको छ । प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यले प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो।
बिहीबार स्वास्थ्य आपूर्ति केन्द्रमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा ११ वटा रेडक्रस जिल्ला शाखालाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । रक्तसञ्चार सेवा सञ्चालन भइरहेका सिन्धुपाल्चोक र रसुवा बाहेकका ११ जिल्लामा उक्त उपकरण वितरण गरिएको हो।
Read full story at source (ratopati.com)