बैंकिङ कसुरमा शंकर समूहका अध्यक्ष र दीपक भट्टसहित चार जनाविरुद्ध मुद्दा दायर
nepalviews.com · Thu Jun 11 12:19:53 GMT 2026

काठमाडौं । बैंकिङ कसुरको आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षद्वय सुलभ अग्रवाल र साहिल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
उच्च सरकारी वकिल कार्यालयले बिहीबार उनीहरूविरुद्ध कैद तथा जरिवानाको मागदाबीसहित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो। विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीका अनुसार प्रतिवादी चारै जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। यसै प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दायर भएको छ।
Read full story at source (nepalviews.com)