नितिशकुमारले सोमबार मुख्यमन्त्रीको शपथ लिने
ratopati.com
एजेन्सी । सोमबार भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले विहारको मुख्यमन्त्रीको रुपमा शपथ लिने भएका छन् । नितिशकुमारले योसहित सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी सातौंपटक विहारको मुख्यमन्त्रीको रुपमा सपथ लिन लागेका हुन् ।
Read full story at source (ratopati.com)