सैनिक मुख्यालय छेउमा ठुलो आवाजमा पटका पड्काउनेलाई प्रहरीले सम्झायो
barnanmedia.com · Thu Jul 02 22:11:26 GMT 2026

काठमाडौँको थापाथलीस्थित एक विवाह घरमा ठुलो आवाजमा पटका पड्काउँदा सुरक्षा चासो देखिएको छ । बिहीबार साँझ एउटा घरबाट ठुलो धमाका सहितको आवाज आएको थियो । सैनिक मुख्यालय र आसपासमा विस्फोट भएको आवाज सुनिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सो क्षेत्रमा प्रहरी परिचालन गरेको थियो ।
प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे नेतृत्वको टोलीले विवाह घरमा गएर सम्झाई बुझाई गरेका छन् । ठुलो आवाजमा पटाका पड्काउनेलाई प्रहरीले कार्यालयमा आउन भनेको छ । पटाका पड्काउनेलाई भोलि कार्यालय समयमा उपस्थित हुन भनिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘विस्फोटको आवाज पटकाको भन्ने खुलेको छ, हामीले सम्बन्धितलाई बोलाएका छौँ ।’
Read full story at source (barnanmedia.com)