चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
barnanmedia.com · Thu Jul 02 22:19:51 GMT 2026

जिल्लामा पालिएका दुई लाख २० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइएको छ । यो एकप्रकारको मोर्बिल्लो भाइरसको सङ्क्रमणका कारण लाग्ने रोग हो ।
पशुसेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक, आँखाबाट सिँगान बग्ने, निमोनिया भएजस्तो हुने, श्वस फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्नेजस्ता लक्षण देखिने उनले बताए ।
Read full story at source (barnanmedia.com)