१०० विपन्न नागरिकको मोतीबिन्दु शल्यक्रियामा आईएमई लाइफको सहयोग
makalukhabar.com · Thu Jun 11 12:42:30 GMT 2026

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ ।
उक्त कार्यक्रमकालागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतीबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा राखिएको कम्पनीले जनाएको छ ।
Read full story at source (makalukhabar.com)