कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी
deshsanchar.com · Wed Aug 07 17:15:21 UTC 2024

बरहथवा (सर्लाही) – काम कहिले पनि सानो ठूलो हुँदैन। मिहिनेत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी। सहनीले कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँच जनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहेका छन्। उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन्।
उनले दुई छोरा घर नजिकैको विद्यालयमा पढाएका छन्। सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्छन्। फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उनको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ। चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उनको दैनिकी हो।
Read full story at source (deshsanchar.com)