अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण
barnanmedia.com · Thu Jul 02 22:33:28 GMT 2026

अवैध उत्खननमा संलग्न समूहबाट चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आक्रमण भएको छ । बस्नेतमाथि उनकै कार्यकक्षमा सामूहिक आक्रमण गरेर भाग्ने क्रममा प्रहरीले २ जनालाई धादिङको गजुरीबाट पक्राउ गरेको छ ।
बिहीबार बिहान केही व्यक्तिहरुको समूहले कार्यकक्षमै प्रवेश गरी ढोका थुनेर बस्नेत माथि कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायउव उपरिक्षक चन्द्रभुषण यादवले जानकारी दिए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई समूहमा आएका व्यक्तिहरुले कार्यकक्षको ढोका बन्द गरी आक्रमण गरिएको थियो ।
Read full story at source (barnanmedia.com)