बैंक सञ्चालकको माग : करमा छुट चाहियो
onlinekhabar.com · Mon Jan 04 17:10:59 UTC 2021
२० पुस, काठमाडौं । कोरोनाको जोखिम रोक्न सरकारले लामो समय गरेको लकडाउनका कारण धेरै व्यापार व्यवसाय रोकिए । व्यापार व्यवसाय बन्द हुँदा त्यसको असर बैंकसम्म पर्यो । अझै पनि बैंकहरुले कर्जा लगानी पर्याप्त गर्न पाएका छैनन् । जसको असर बजारमा करिब २ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको छ ।
साउन पछि क्रमिक रुपले कर्जाको माग बढेपनि जुन अनुरुपमा हुनु पर्ने हुन सकेको छैन । व्यवसायिक वातावरण अझै बन्न नसकेको तथा बैंकमा लगानी योग्य रकम थुप्रिरहेका बैंक नेपालका बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु अर्थमन्त्री विष्णुप्रसाद पौडेलसामू गुनासा र सुझावका चाङ लिएर पुगे ।
Read full story at source (onlinekhabar.com)