जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु
gorkhapatraonline.com · Thu Jun 11 13:15:39 GMT 2026

पानी भण्डारण ट्याङ्कीमा ‘भल्भ’ बिग्रिएको हुन सक्ने प्रक्षेपणपछि पहिले नै समस्याग्रस्त मानिएको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविकरूपमा दूषित फोहोर पानी समुद्रमा छोड्ने काम बिहीबार दिउँसो फेरि सुरु भएको क्योदो न्युजले जनाएको छ ।
पानी छोड्ने प्रक्रियाको क्रममा असामान्य प्रणालीको चेतावनी दइएपछि बुधबार दिउँसो ‘डिस्चार्ज’ स्वचालित रूपमा रोकिएको थियो । प्लान्ट सञ्जालक संस्था ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्ग्स (टेप्को)’ले पानी भण्डारण ट्याङ्कमा ‘भल्भ’ बिग्रिएको हुन सक्ने बताएपछि सम्बन्धित उपकरण प्रतिस्थापन गरेपछि पानीलाई फाल्ने काम पुनः सुरु गरिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)