सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
baahrakhari.com · Sat May 10 17:06:00 GMT 2025

सिरहा । सिरहाको गोलबजारस्थित वर्धमान अस्पतालमा शनिबार (वैशाख २७) एक सुत्केरीको मृत्यु प्रकरणमा प्रहरीले छानबिननिम्ति अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका थिए । त्यसपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)