पल्सर स्पोर्ट्स अवार्ड : बक्सिङका चन्द्र थापा वर्ष पुरुष खेलाडी
ratopati.com · Thu Sep 03 12:46:56 GMT 2026
काठमाडौँ। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड बक्सिङका चन्द्र थापाले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार आयोजना गरेको अवार्ड कार्यक्रमबाट उनी सम्मानित भएका हुन् ।
चन्द्र थापा दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आईबा) पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै विश्व बक्सिङमा पदक जित्ने पहिलो तथा अहिलेसम्मकै एक्लो नेपाली मुक्केबाज बनेका थिए।
Read full story at source (ratopati.com)