सुर्खेत जिल्ला क्रिकेट संघमा केसी सर्वसम्मत निर्वाचित
nepalpress.com · Thu Jun 11 13:39:28 GMT 2026
सुर्खेत । सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा श्रीधर केसी सर्वसम्मत निर्वाचित भएका छन् । बुधवार भएको पाँचौँ चुनावी सभाले केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रुद्रबहादुर भण्डारी, सचिवमा प्रकाश भुसाल र कोषाध्यक्षमा विदुर कटुवाल चयन भएका छन् । यस्तै सदस्यहरूमा नरेशसिंह थापा, नगेन्द्र उपाध्याय, रमेश शाही, रोशन शाही, सम्राट राई, जनकविक्रम शाही र विश्व भारती चयन भएका छन् ।
Read full story at source (nepalpress.com)