प्रतिनिधि सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत स्कटबिच शिष्टाचार भेटवार्ता
barnanmedia.com · Thu Jun 11 14:16:36 GMT 2026

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानुन निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको धारणा व्यक्त गर्नुभयो।
Read full story at source (barnanmedia.com)