यात्रुसहित गाडी कर्णालीमा बेपत्ता
annapurnapost.com · Fri Jul 03 00:40:52 GMT 2026

दैलेख : सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा बेपत्ता भएको छ। बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, कर्णाली राजमार्गअन्तर्गत साङ्गेतडामा सडकबाट करिब चार सय मिटर तल खसेको गाडी बिहीबार साँझ ९ बजेसम्म पनि भेटिएको छैन।
स्थानीय सुरक्षा निकायहरूले बिहानैदेखि खोजी कार्य गरिरहेको भए पनि नदीको बहाव बढेको र खोला धमिलो भएका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको छ। दुर्घटनामा परी भिरमा अल्झिएका कालीकोटका एक जनाको उद्धार गरिएको र दुल्लु अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ।
Read full story at source (annapurnapost.com)