सडक अवरोध हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा
gorkhapatraonline.com · Thu Sep 03 14:28:53 GMT 2026

सडक वा मार्गमा रहेको अवरोध हटाउन हेभी इक्विपमेन्ट (भारी उपकरण) तयारी अवस्थामा राखिएको छ । चाडपर्व नजिकिएसँगै सडक र सुरक्षा दुवैमा अहिले उच्च सतर्कता अपनाइएको ट्राफिक प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेश राज सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार अहिले सडकको अवस्था निकै जोखिम छ । भदौ १० गतेको भोटेकोशीको बाढीले पृथ्वी राजमार्गमा क्षति पुर्याएपछि बैकल्पिक बाटोको प्रयोग गरिएको छ । “भोटेकोशी बाढीले पृथ्वी राजमार्गमा क्षति पुर्याएको छ त्यसका लागि काठमाडौँ भित्रिने र बाहिरीने सवारीसाधनका लागि बैकल्पिक बाटोको प्रयोग गरिएको छ” उहाँले भन्नुभयो, “बाहिर जानको लागि कान्ति लोकपथको मात्र प्रयोग गरिएको छ, जहाँ ४० सितसम्मको १२ चक्के सवारीसाधन जाने गरेको छ ।” काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)