ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Fri Jul 03 01:05:50 GMT 2026

बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)