अब पम्पले 'पेट्रोल छैन' भन्न नपाउने, नत्र १० लाखसम्म जरिवाना
corporatenepal.com · Fri Jul 03 01:17:17 GMT 2026

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा अवरोध सिर्जना गर्ने पेट्रोलपम्प सञ्चालकमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। संशोधित नियमअनुसार उचित कारणविना पम्प बन्द गर्ने वा ‘नोजल ड्राई’ बनाएर इन्धन अभावको अवस्था उत्पन्न गराउने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो प्रावधान समावेश गरेको हो । पछिल्लो समय मूल्य घट्ने अपेक्षामा केही पेट्रोलपम्प सञ्चालकले निगमका डिपोबाट इन्धन नउठाएपछि देशका विभिन्न स्थानमा आपूर्ति प्रभावित भएको थियो । त्यस घटनापछि मन्त्री यादवले दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।
Read full story at source (corporatenepal.com)