राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने
khabarhub.com · Thu Sep 03 14:50:57 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र दुई धार देखिएको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर ८ देखि हुने राष्ट्रसंघको महासभामा नजाने पक्षमा छन् । तर रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री महासभामा जानुपर्ने पक्षमा छन्।
बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि केही नेताहरूले यसबारेमा अनौपचारिक रूपमा कुराकानी गरेका थिए। एक नेताका अनुसार सभापति लामिछानेले प्रधानमन्त्रीलाई भेटेर महासभामा भाग लिनु भन्ने तयारी गरेका छन्।
Read full story at source (khabarhub.com)