चिलिमे जलविद्युत् कम्पनीको प्रमुखमा बाबुराजा महर्जन
himalpress.com · Sun May 11 16:52:27 GMT 2025
काठमाडौँ- चिलिमे जलविद्युत् कम्पनीको प्रमुखमा बाबुराजा महर्जन सरुवा भएका छन्। नेपाल विद्युत् प्राधिकरणले श्रेष्ठलाई कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुखबाट चिलिमे जलविद्युत् कम्पनी प्रमुखमा सरुवा गरेको हो।
श्रेष्ठ अब कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने पक्कापक्की भएको छ। सीईओमा औपचारिक नियुक्तिका लागि भने कम्पनीको सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ। कम्पनीका प्रमुख कार्यकारी निर्देशक रहेका सुभाषकुमार मिश्र प्राधिकरणको व्यवसाय विकास निर्देशनालयमा सरुवा भएका छन्।
Read full story at source (himalpress.com)