नक्कली भिसा जारी गरी राजश्व हिनामिना गरेको आरोपमा कर्मचारी पक्राउ
ratopati.com · Thu Sep 03 14:59:50 GMT 2026

काठमाडौँ। अध्यागमन विभागमा कार्यरत रहँदा सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा जारी गरेको र राजश्व हिनामिना गरेको अभियोगमा एक कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रौतहट घर भएका ३० वर्षीय राजीव महतोलाई ललितपुरबाट पक्राउ गरेको हो।
अध्यागमन विभागमा तत्कालीन कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहँदा महतोले 'नेपाली पोर्ट' प्रणालीमा आफ्नो पहुँचको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ। उनले पदको दुरुपयोग गरी कानुन बमोजिम लाग्ने भिसा शुल्क समेत नलिई विदेशी नागरिकलाई भिसा जारी गरी सरकारी राजश्व हिनामिना गरेको पाइएको सीआईबीको जिकिर छ ।
Read full story at source (ratopati.com)