राहत सामग्री वितरण प्रभावकारी बनाउन सरकारलाई रास्वपाले गरायो ध्यानाकर्षण
ratopati.com · Thu Sep 03 14:56:08 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपा पार्टी सचिवालयको बिहीबार बसेको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत वितरणको अवस्थाबारे समीक्षा गर्दै प्रभावित नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)