रसुवा बाढी पीडितका लागि थानेश्वर कँडेल नेतृत्वको 'अशोक एम्स्टर्डम' द्वारा ६ हजार यूरो सहयोग
lokaantar.com

नेदरल्याण्ड्सस्थित नेपाली व्यवसायी थानेश्वर कँडेल नेतृत्वको 'अशोक एम्स्टर्डम' ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहतका लागि ६ हजार यूरो (करिब १० लाख ५० हजार नेपाली रुपैयाँ) सहयोग प्रदान गरेको छ।
भदौ १० गते हिमपहिरोका कारण रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल-चीन सीमा नजिकैका टिमुरे र स्याफ्रुबेसी लगायतका बस्तीहरूमा ठूलो क्षति पुर्याएको थियो। उक्त बाढीले घर, पुल, सडक र महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको थियो भने तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङ जिल्लाहरूमा पनि ठुलो असर पुर्याएको थियो।
Read full story at source (lokaantar.com)