प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंककाे ३ करोड २४ लाख सहयोग
ratopati.com · Thu Sep 03 15:04:42 GMT 2026

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार ३ करोड २४ लाख आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधार समेत प्रभावित भएका छन्।
Read full story at source (ratopati.com)