‘सरकारले एन्फालाई हस्तक्षेप गरेको छैन’
barnanmedia.com · Fri Jul 03 01:32:30 GMT 2026
नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई हस्तक्षेप नगरेको प्रस्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका प्रवक्ता पोखरेलले एन्फामा भ्रष्टाचारको उजुरी परेकाले छानबिन सुरु भएको बताउनुभयो ।
मन्त्री पोखरेलले विगतका सरकारले विभिन्न खालका हस्तक्षेप गरेकाले एन्फामा समस्या भएको बताउनुभयो । “नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन । एन्फा योभन्दा तल जाने ठाउँ पनि छैन । अब कसरी अगाडि बढ्ने भनेर व्यक्तिगत रूपमा विभिन्न विज्ञहरूसँग छलफल गरिरहेको छु । फिफासँग अन्तव्रिर्mया सुरु पनि भइसकेको छ,” उहाँले भन्नुभयो, “हामीले फिफाका पदाधिकारीलाई, एएफसीका पदाधिकारीलाई वार्तामा पनि बोलाइसकेका छौँ । उहाँहरू आउनुभयो भने स्वाभाविक रूपमा त्यस विषयमा छलफल हुने छ ।”
Read full story at source (barnanmedia.com)